शनिबार, ०३ असोज २०८३
नेपाली

मध्यपहाडी लोकमार्ग : पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

Main News Image

कास्की । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।

यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर किरण सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् । ‘हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ ।

कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ ।’ इञ्जीनीयर सुवेदीले भने । उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ । इन्जिनियर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ ।

२०७९ साल साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक २०८१ साल साउन १४ गते र दोस्रो पटक २०८१ साल चैत ५ गतेसम्म म्याद थप गरिएको थियो । यस खण्डको तेस्रो पटक थपिएको म्याद २०८३ साल वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताए ।

mediabaaji add

सम्बन्धित खबर

बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सिरहा । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको  छ । बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका ह...

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ । २०८३ साल असार २९ गते सोमबार सन् २०२६ जुलाई १३ तारिख। असार कृष्ण पक्षको चतुर्दशी तिथि । भानु जयन्ती । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि...

जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले...

जेन-जी आन्दोलनका घाइते र युवाहरुको माइतीघरमा धर्ना

काठमाडौँ । जेनजी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । जेनजी आन्दोलनका घाइतेहरुको जायज मागलाई पूरा गर्न र सम्पूर्ण जेनजीहरुलाई एकतावद्ध गर्नुपर्ने भन्दै उनीहरुले शुक्रबार माइतिघरमा धर्ना...

झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते

पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

घाइते सबैको उद्धार...

काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई  डाईभर्सन

काठमाण्डौँ । कार्याक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  ...