‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
काठमाण्डौँ । मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गर्ने निर्णय गरेको छ । राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल मदन भण्डारीको जीवन’ लाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ।
फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्ताबेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने नीति छ ।
यसका लागि तीन सदस्यीय छनोट समितिको सिफारिसका आधारमा राईको कृति छनोट गरिएको हो। इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् ।
पुरस्कार स्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। पुरस्कार आगामी असार १४ गते आइतबार दिउँसो २ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने कार्यक्रम छ।
एक्सप्रेस
सम्बन्धित खबर
डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई
© प्राज्ञ चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...
मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक
काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...
साहित्य सन्ध्याको ४७८औँ शृङ्खला सम्पन्न, आर्थिक-सामाजिक अवस्था समेट्न साहित्यकारलाई आग्रह
काठमाडौँ । साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक शृङ्खलामा शनिबार ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा। दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्ले...



