लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरिएको छ । एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुला गरिने
काठमाडौँ । सडक विभागले नागढुंगा सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने भएको छ । हाल उक्त सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र प्रयोगमा ल्याइएको छ ।
सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई शुभर...
गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै न्यूरोडको ‘कर्नर पोइन्ट’ लाई दुई लाख जरिवाना
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै काठमाडौं महानगरपालिका(२२, न्यूरोडस्थित ुकर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिु लाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
विभागले गरेको स्थलगत अनुगमनका क्रममा उक्त रे...
१८ सय मिटर सडक आठ वर्षदेखि अलपत्र
बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० म...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्...
मेघालय कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाख...
वर्षाले २१ राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित, बाढीले बस्तीमा जोखिम, सैयौं नागरिक सुरक्षित स्थानमा
काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण आएको बाढी, पहिरो र सडक कटानले काठमाडौँ उपत्यका जोड्ने प्रमुख नाकासहित देशभरका २१ भन्दा बढी मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा आंशिक रूपमा य...



