विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ भने हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । आज रातिसमेत देशभर सामान्यतया बदली रही विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित
काठमाडौँ । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।
कैलालीको कैलारी ग...
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन ग...
अब राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने
काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरू गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरू गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट मार्फत व्य...
क्लब लगायत रात्रिकालीन व्यवसाय बन्द हुने
काठमाडौँ । काठमाडौंमा सञ्चालन हुने रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ । ...
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेका कारण मौसममा बदलाब आएको छ। सुदूरपश्चिमलगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा देखिएको छ। गण्...
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका २ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले...



