लाइसेन्सको विवरण अब विभागको फेसबुकमा
काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र लाइसेन्सको विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी दिएको हो ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ।’ यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएको थियो।
तर जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो। फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदन सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
गर्भवतीको मृत्युपछि किस्ट अस्पतालको अवस्था तनावग्रस्त
काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ। उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो। अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।
अस्पतालको ला...
अब उत्कृष्ट १,००० भित्रका संस्थाले मात्र नेपालमा शैक्षिक कार्यक्रम चलाउन पाउने
काठमाडौँ । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने कलेजहरूका लागि नयाँ र कडा योग्यता निर्धारण गरेको छ । नयाँ व्यवस्थाअनुसार अब नेपालमा सम्बन्धन दिन चाहने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००...
टुँडिखेलमा मनाइयो २६३ औँ सेना स्थापना दिवस
काठमाडौँ । नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा महाशिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभ...
भदौ २२ गते सार्वजनिक बिदा !
काठमाण्डौँ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी छोनामको अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा उक्त दिन सार्वजनिक बिदा हुनेछ ।
प्र...
काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो
काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
पोखरा । काठमाडौँबाट पोखरा आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३ः४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।



