बिहिबार, २९ असोज २०८३
नेपाली

तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

Main News Image

रसुवा । चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी नेपाली पक्षलाई गराएका छन् । तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगमस्थल आसपास बनेको उक्त ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको हो ।

तिब्बततर्फबाट बगेर आउने छोचेन खोला र पुरेपु त्साङ्पो नदी सोझै भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रहरूमा फेरि अर्को भीषण बाढी आउन सक्ने उच्च जोखिम बढेको छ ।

यसअघि चिनियाँ जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ‘ग्लोबल टाइम्स’ ले प्रकाशित गरेको प्रतिवेदन अनुसार हिमपहिरोका कारण थुनिएको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति

काठमाण्डौँ । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ । साँझ तिर आएको वर्षात सँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुयाएको हो । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो...

काठमाडौंको गैरिगाउँमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो । प्रहरी घटनास्थलमा पुगेको र दमकलमार्फत आगो निभाउने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौ...

शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...

पश्चिमी भूभागमा आज र भोलि वर्षाको गतिविधि अझै बढ्ने, अन्यत्र के हुन्छ ?

काठमाण्डौँ । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी आसपासका क्षेत्रमा भने...

प्रहरी हिरासतमा युवाको ज्यान गयो, कारण अन्तरजातीय विवाह

रामेछाप । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएको छ । वैशाख ३ गतेदेखि प्रहरी हिरासतमा रहेका विकले हिजो थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गरेका प्रहरीले जनाएको...

बुधबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ 

महाशाखाका अनुस...