तिब्बतमा पहिरोले थुनिएर बनेको विशाल ताल फुट्यो, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम
रसुवा । चीनको तिब्बतस्थित ल्हेन्दी नदीको माथिल्लो भागमा हिमपहिरोपछि नदी थुनिएर बनेको ठूलो प्राकृतिक ताल फुटेको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी नेपाली पक्षलाई गराएका छन् । तिब्बतको छोचेन खोला र नेपालको पुरेपु त्साङ्पो नदीको संगमस्थल आसपास बनेको उक्त ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त भएको हो ।
तिब्बततर्फबाट बगेर आउने छोचेन खोला र पुरेपु त्साङ्पो नदी सोझै भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रहरूमा फेरि अर्को भीषण बाढी आउन सक्ने उच्च जोखिम बढेको छ ।
यसअघि चिनियाँ जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ‘ग्लोबल टाइम्स’ ले प्रकाशित गरेको प्रतिवेदन अनुसार हिमपहिरोका कारण थुनिएको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा म...
नवलपुर गैंडाकोटमा ईभी हाइस दुर्घटना, ८ जना घाइते
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बाप्र०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्...
कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको भन्दै ११ विद्यार्थी संगठनको आपत्ति
काठमाडौँ । कक्षा १२ को परीक्षाफल प्रकाशनमा देखिएको गम्भीर प्राविधिक त्रुटि तथा केही समयअघि प्रकाशित एसईईको नतिजामा देखिएका कमजोरीहरूलाई लिएर विभिन्न ११ विद्यार्थी संगठनले कडा आपत्ति जनाएका छन् ।
नेपाल विद्यार्थी संघ ९नेविसंघ०, अनेरास्ववियु र...
वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अब घरबाटै एनओसी
काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एन...
रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द
काठमाण्डौँ । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।
प्रहरी...
सोमबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाड...



