मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना

Main News Image

काठमाडौँ । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आराधना गरिन्छ । ऋग्वेदमा ‘ओम् श्रीश्च ते लक्ष्मीश्च पत्नीः’ भनिँदै लक्ष्मीलाई सम्पूर्ण सृष्टिमा व्यापी शक्ति र विश्वकल्याणकी अधिष्ठात्री देवीका रूपमा वर्णन गरिएको छ ।

लक्ष्मी देवीलाई केवल धनकी अधिष्ठात्री नभई विष्णुकी अर्धाङ्गिनी र धर्म(सदाचारतर्फ अभिप्रेरित गर्ने मातृशक्ति मानिन्छ। ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ भन्ने मन्त्रले पनि देवीको मातृत्व स्वरूपलाई उजागर गर्छ। यस दिन गृहस्थहरूले बेलुकीको समयमा वैदिक विधिअनुसार माता लक्ष्मीको पूजा गर्दछन्। चन्दन, अविर, फूल, अक्षता, जौ, तिल, दायाँ शंख, कौडा, कमलगट्टा र केसर आदिले पूजन गरिन्छ। लक्ष्मीलाई कमल, गुंगल, चन्दन र दीयोको उज्यालो अत्यन्त प्रिय लाग्ने गर्दछ।

लक्ष्मी माताको पूजाको विशेषता साँझकालमा घर–आँगन र पसलहरूमा दीप प्रज्वलन गरेर सम्पन्न हुन्छ। यस दिन उद्योग, कलकारखाना र व्यापारिक प्रतिष्ठानहरूमा पनि पूजा गरिन्छ। व्यापारिक बही–खाताबाट लिएर घरको देवालयसम्म लक्ष्मीको आराधना गरिन्छ।

‘ओम् महालक्ष्म्यै च विद्महे, विष्णुप्रियायै धीमहि, तन्नो लक्ष्मी प्रचोदयात्’ भन्ने बीज मन्त्रसहित श्रीसूक्त, लक्ष्मीसूक्त, गोपाल सहस्रनाम र विष्णु सहस्रनामावली पाठ गरेर रातभरि जाग्राम बसेर गरिन्छ। पौराणिक मान्यताअनुसार, कार्तिक कृष्ण औंसीका दिन स्वयं भगवान् सदाशिवले यो दिन लक्ष्मीको समर्पणमा अर्पण गर्नुपर्ने दिन भएको घोषणा गरेका थिए। त्यसैले यो दिन साँझपख लक्ष्मी आफ्ना वाहन उल्लूमा सवार भएर पृथ्वी भ्रमण गर्न आउँछिन् भन्ने विश्वास छ। उल्लू लक्ष्मीको वाहन र कुबेर उनका सचिवका रूपमा पूजा गरिन्छ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध : सार्वजनिक बसहरू उपत्यकामै रोकिए

काठमाडौँ । बिहीबारदेखि देशका विभिन्न स्थानमा निरन्तर भइरहेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू बन्द भएपछि सार्वजनिक सवारीसाधनहरू काठमाडौँमै रोकिएका छन् । देशका विभिन्न भागलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख राजमार्गहरू बन्द भएपछि सर्व...

नागढुंगा-मलेखु सडक आजबाट खुला, काम जारी

काठमाडौँ । नागढुंगा– मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ । नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको...