बजारमा खाना पकाउने ग्यास अभाव, आयात भने नियमित
भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ । ग्यास विक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ ।
लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीले बताए। नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, अब ६ रुटमा ३० बस
काठमाण्डौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ वटा प्रमुख रुटमा विस्तार गरिएको हो ।
<...मौसम महाशाखाको विशेष बुलेटिन : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । आज रातिदेखि बुधबार कात्तिक १२ बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । यो अवधिमा कर्णाली प्रदेशका क...
बडादसैको आज दोस्रो दिन दसैँको टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन घरपरिवारमा टीका लगाएपछि आज आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने परम्परा छ। टाढा रहेका मान्यजनकहाँ जानेहर...



