श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद
धरान । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको बैठकले समानुपातिक प्रणालीअन्तर्गत चयन गरिने सांसदहरूको नाम तय गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो । पार्टी अध्यक्ष हर्क साम्पाङका अनुसार विभिन्न समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै उम्मेदवारहरूको छनोट गरिएको छ ।
आदिवासी जनजाति समूहबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलित समुदायबाट राधिका रम्तेल र मधेसी समुदायबाट रुवीकुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको उनले जानकारी दिए ।
पार्टीले विधान, योग्यता र क्षमताका आधारमा उम्मेदवारहरूको छनोट गरी नाम निर्वाचन आयोगमा पठाइसकिएको जनाएको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ४ सिट जित्दै संघीय संसदमा उल्लेख्य उपस्थिति बनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
घृणाजन्य अभिव्यक्ति र भ्रामक सामग्री नफैलाउन गृह मन्त्रालयको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण, भ्रामक तथा घृणाजन्य अभिव्यक्ति सार्वजनिक नगर्न आग्रह गरेको छ । मन्त्रालयले यस्ता गतिविधिले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्तिमा खलल पुर्याउने भन्दै सचेत गराएको हो ।&nbs...
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे नाम दर्ता
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९।३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेशन दर्दा गराएको जानकारी दिएका हुन् ।
...नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको निर्णयअनुसार...
कांग्रेसमा विश्वप्रकाश र पुष्पा भुसाल निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
वरिष्ठ उपसभापतिका लागि मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र शर...
शोभा पाठक भन्छिन् : मन्त्री बनेका बब्लु गुप्ता पैसाका लागि जे पनि गर्छन्
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि ‘पैसाका लागि जे पनि गर्ने’ आरोप लागेको छ । सामाजिक सञ्जालमा चर्चित शोभा पाठकले मन्त्री गुप्ताले आफूलाई एक्लै कोठामा राखेर धम्की दिएको बताएकी छन्...



