सोमबार, ०९ कात्तिक २०८३
नेपाली

झापाका ५ वटै क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार छनौट

Main News Image

काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम तय गरेको छ । ‘श्रमको सम्मान र स्वावलम्बी राजनीति’ को नारालाई प्राथमिकता दिँदै आएको यस पार्टीले झापामा प्रतिनिधिहरूलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको साम्पाङका सहयोगीले बताएका छन् ।

​पार्टीले सार्वजनिक गरेको नामावली अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने क्षेत्र नम्बर २ मा केशव भण्डारीले प्रतिस्पर्धामा उतार्ने तयारी छ । त्यसैगरी झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिनालाई उम्मेदवार तोकिएको छ भने क्षेत्र नम्बर ४ मा अमृता राईले पार्टीको प्रतिनिधित्व गर्नेछिन्। झापाको अन्तिम निर्वाचन क्षेत्र अर्थात् क्षेत्र नम्बर ५ बाट शिवम् स्वरानी मगरलाई उम्मेदवार बनाउने तयारी साम्पाङले गरेका छन् । 

साम्पाङले अघि सारेको श्रम र उत्पादनको मुद्दालाई जनस्तरसम्म पुर्‍याउन यी उम्मेदवारहरूले भूमिका खेल्ने विश्वास पार्टीले लिएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गरेसँगै उनी देश व्यापी चुनावी अभियानमा छन् । निर्वाचन आयोगमा दर्ता भएसँगै उनले आयोजना गरेका चुनावी सभामा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने गरेको छ । दमकमा आयोजित सभामा ठूलो संख्यामा साम्पाङका समर्थक सहभागी थिए ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । 

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उ...

निर्वाचनका कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विप...

बालेन र ओली एकैपटक झापा जाँदै

काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको...

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उ...

राजनीतिक दललाई निर्वाचन आचारसंहितासम्बन्धी ६४ बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ। दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार...