कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोलिने, वैकल्पिक मार्ग प्रयोग गर्न अपिल
काठमाडौँ । धादिङको कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन नौबिसे खण्ड पूर्ण रूपमा ठप्प भएको छ । त्रिशूली नदीले सडक मुनिको जमिन कटान गरेपछि पहिरो खस्दा काठमाडौँ तथा धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालतर्फ जाने आउने सवारीसाधनहरू अलपत्र परेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि सडक विभागले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक केही साँघुरो भए पनि त्रिभुवन राजपथबाट ठूला सवारीसाधनहरूसमेत सञ्चालन गर्न सकिने अवस्था छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन
काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण...



