बुधबार, ११ कात्तिक २०८३
नेपाली

किमाथांका अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाइने, लगानी मोडालिटी तय

Main News Image

काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तय भएको छ । निर्माण अवधिको ब्याजसहित अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ रहेको आयोजना सरकार र सरकारी निकाय संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले नै निर्माण गर्नेछ। कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट जुटाइनेछ ।

ऋण व्यवस्थापनका लागि एचआइडिसिएल, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा बैंकहरूको सहवित्तीयकरण प्रस्ताव गरिएको छ। इक्विटी रकम संस्थापक, गैरआवासीय नेपाली, आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणबाट शेयर निष्कासनमार्फत संकलन गरिनेछ ।

आयोजनाबाट वार्षिक करिब २ अर्ब ६९ करोड युनिट विद्युत उत्पादन भई करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि

काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर...

अण्डाको मूल्य क्रेटमै ५० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौँ । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । आजदेखि ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौलाको ३७५ रुपैयाँ तोकिएको संघले जनाएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको व्यवसायीको भनाई छ। अहल...

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको प्राथमिकता

काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ ।

प्रसारण लाइन निर्माणमा देखिएक...