शनिबार, १४ कात्तिक २०८३
नेपाली

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट विकास, प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न किमको निर्देशन

Main News Image

काठमाडौँ । उत्तर कोरियाले कृत्रिम बौद्धिकता एआई प्रविधिमा आधारित ड्रोन र पहिलो पटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । उक्त अवसरमा नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन् ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए । ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ । प्रदर्शनीका क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम(१ अब्राम्स ट्याङ्कका नमुना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

इरानसँगको वार्ता सकरात्मक भएको ट्रम्पको दाबी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् । हालै कतारमा भएका बैठकहरू समेत सकारात्मक रहेको उनको दाबी छ ।

बुधबार नर्थ डकोटाका लागि प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्...

जापानमा गयो ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते

 काठमाडौँ । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको...