शनिबार, ३१ असोज २०८३
नेपाली

झिलिमिली बत्तीले सिंगारिए काठमाडौंका मठमन्दिर तथा शक्तिपीठ

Main News Image

काठमाडौँ  । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्दर्य थपिएको छ । साँझ परेसँगै झिलिमिली बत्तीले उज्यालिएका मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल पनि बढ्न थालेको छ ।

काठमाडौंका मैतीदेवी, नक्साल भगवतीलगायतका प्रमुख मन्दिरमा गरिएको आकर्षक सजावटले धार्मिक क्षेत्रलाई थप रमणीय बनाएको छ । दिनभर पूजाआजाका लागि भक्तजन आउने गरे पनि साँझको समयमा बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्ने, देवीदेवताको दर्शन गर्ने र परिवार तथा आफन्तसँग समय बिताउनेको उपस्थिति बढेको छ । झिलिमिली बत्तीले सिंगारिएका मन्दिर परिसर चाडपर्वको उल्लास र धार्मिक आस्थाको प्रतीकका रूपमा देखिन थालेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालको अवस्था तनावग्रस्त

काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ। उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो। अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।

अस्पतालको ला...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित...

आजदेखि लगातार पाँच दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले  सोमबार र परसी मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशभर लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ । यसअघि श्रीकृष्ण जन्माष्टमी र नियमित सातान्त बिदाका कारण तीन दिन बिदा हुने तय भएकोमा मन्त्रिपरिषद्को पछिल्लो निर्णय...

इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसा...

गायक दर्जीमाथि हातपात प्रकरण : निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग

काठमाडौँ । बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ टोलीले गम्भीर आपत्ति जनाउँदै उनको समर्थनमा ऐक्यबद्धता जनाएको छ ।

चलचित्रकी निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालम...

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लि...