काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको हो । ४ माघ २०८२ मा सर्वोच्च अदालतले काठमाडौँका खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको थियो ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको हो। पूर्ण इजलासको फैसलामा भनिएको छ, ‘उक्त फैसला कानून र न्यायको रोहमा मिलेको नदेखिँदा सो हदसम्म संयुक्त इजलासको मिति २०८०९,०३ को फैसला केही उल्टी हुने ठर्हछ ।’
महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ(बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको हो । ‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामासमेत रोक्का नराखिने जानकारी गराइन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भारी वर्षाको जोखिम : २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको...
स्थानीय तहले राजमार्गमा कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले उठाउने कर तथा सडक उपयोग शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ ले भद...
अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने
काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशा...
वैशाख १८ देखि काठमाडौंभरका सुकुम्वासी बस्तीमा डोजर चल्ने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना उर्दी जारी गरेको छ । वैशाख १८ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थानबाट त्यस्ता बस्ती खाली गर्ने चेतावनी दिँदै प्रशासनले भोलि १७ गते भि...



