बुधबार, ११ कात्तिक २०८३
नेपाली

आजदेखि काठमाडौं-दुबई उडान खुल्ने

Main News Image

काठमाडौँ । फ्लाई दुबईले आज राति दुबई–काठमाडौं-दुबई मार्गमा उडान सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिबार अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि पैदा भएको तनावका कारण उक्त क्षेत्रका ९ मुलुकले हवाई मार्गमा उडान रोकेको थियो ।

बुधबार राति खाडीबाट सञ्चालनमा आउने यो पहिलो नियमित उडानमध्ये एक हुनेछ । सामान्य अवस्थामा फ्लाई दुबईले नेपालका लागि दैनिक तीन उडान संचालन गर्छ । विमानस्थलका अनुसार, क्षेत्रीय हवाई मार्ग बन्द हुँदा खाडीका ७ वटा एयरलाइन्सका करिब ७० उडान रद्द भएका थिए । सुरक्षा मूल्यांकन र आवश्यक सावधानी अपनाएर केही एयरलाइन्सले क्रमशः उडान फेरि सुरु गरेका छन् । यसैअनुसार नेपालका लागि उडान पनि खुला हुने भएको हो ।

फ्लाई दुबईले यात्रुलाई उडान समय र विवरणको लागि सम्बन्धित एयरलाइन्सको कार्यालय वा ट्राभल एजेन्सीसँग प्रत्यक्ष सम्पर्क गर्न सुझाव दिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएक...

बीमा प्राधिकरण कर्मचारी संगठनले बाढीपीडितका लागि एक लाख सहयोग गर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । संगठनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍...

रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने

काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयन...