बुधबार, ११ कात्तिक २०८३
नेपाली

विकास बजेट खर्च गर्न कर्णाली सरकार असफल, साढे १२ अर्ब रुपैयाँ फ्रिज

Main News Image

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न नसक्दा साढे १२ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल विनियोजित बजेटमध्ये चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत मात्र खर्च हुन सकेको हो ।

प्रदेशको कुल ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख आठ हजार रुपैयाँ मात्र उपयोग भएको छ भने बाँकी १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ रुपैयाँ सरकारी कोषमै थन्किएर फ्रिज हुन पुगेको छ । बजेट विनियोजन र खर्चको विधागत अवस्था हेर्दा चालुतर्फ तुलनात्मक रूपमा बढी र पुँजीगत अर्थात् विकासतर्फ निकै कमजोर खर्च देखिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

आज तोलामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलमा ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलमा ५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार...

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ । एजेन्सीद्वारा आइतबार ज...

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रत...