प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
काठमाडौँ । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा काठमाडौँ र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले ओखलढुङ्गालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा के...
प्रतिनिधिसभा बैठक : विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले विपद् व्यवस्थापन, बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, दुर्गम क्षेत्रको स्वास्थ्य अवस्था र पूर्वाधार निर्माणका विषयलाई लिएर सरकारको कडा ध्यानाकर्षण गराएका छन् ।
राष्ट्र...
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
काठमाडौँ । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल डीपीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।
सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्य...
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । सहिद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य ज...
छानबिन आयोगमा बयान दिने कि नदिने दोधारमा लेखक, सभापति देउवासँग परामर्श गर्दै
काठमाडौँ । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिने कि नदिने भन्नेबारे द्विविधामा परेका छन् । जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको छ । त्यसबारे उनले विभि...
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
काठमाडौँ । नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । आज स्थगित भएको बैठक आगामी सोमबार गुण्डुमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा...



