मङ्गलबार, १२ जेठ २०८३
नेपाली

कालंगा हाइड्रोको आईपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

Main News Image

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा २ अर्ब २५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज जेठ १० गते साँझ ५ बजेसम्ममा १७ लाख ७९ हजार ५९३ जनाले २ करोड २५ हजार २९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँड गरिसकेको छ ।


mediabaaji add

सम्बन्धित खबर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोल...

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँटको कार्यक्रम...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैस...

आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।

बीमा नगर्दा सरकारलाई महँगो पाठ, जेन–जी आन्दोलनको क्षति ८४ अर्ब नाघ्यो

काठमाडौं । सरकारी भौतिक संरचनाको बीमा नगरिँदा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको आर्थिक भार सरकार आफैंले व्यहोर्नुपर्ने देखिएको छ । सार्वजनिक संरचना पुनर्निर्माण, मर्मत तथा नयाँ भौतिक सम्पत्ति खरिदका लागि मात्रै ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी...