बिहिबार, १२ कात्तिक २०८३
नेपाली

कालंगा हाइड्रोको आईपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

Main News Image

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा २ अर्ब २५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज जेठ १० गते साँझ ५ बजेसम्ममा १७ लाख ७९ हजार ५९३ जनाले २ करोड २५ हजार २९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँड गरिसकेको छ ।


mediabaaji add

सम्बन्धित खबर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार सुनको मू...

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी : त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता...