शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

काग तिहार : यमराजको दूतको पूजा र प्रतीक

Main News Image

काठमाडौँ । तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराएको बेला माता पार्वतीले कागको स्वरूप लिई सन्देश  पुर्याएकी थिइन् ।  यसै कारण कागको पूजा गरिन्छ । सालको पातमा भात, दाल, फूल र तिल राखेर कागलाई खुवाइन्छ । तिललाई यमराजको प्रकोपबाट जोगिने प्रतीक मानिन्छ ।

अहिले पनि काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको कागेश्वरी मन्दिरमा कागे अष्टमीका दिन वा भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर प्रदर्शन पनि गरिन्छ । हेर्दाखेरी काग र कोइली एउटै जस्तो देखिन्छन तर, कोइली कति प्रिय हुन्छ भने काग कति अप्रिय हुन्छ । किनभने उनले अप्रिय जस्तै मानवहरुले गरेको कर्मलाई चाही यमराजसम्म पुर्याउने दूतको रूपमा रहेको कारणले गर्दाखेरि नै कागको पूजा गरिने गरेको डा। उत्तम उपाध्याय न्यौपाने बताउँछन् । 

mediabaaji add

सम्बन्धित खबर

सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१...

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र...