बिहिबार, १२ कात्तिक २०८३
नेपाली

सात दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न जसपा नेपालको निर्देशन

Main News Image

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।

पार्टी विधानको धारा ११७ उपधारा ३ मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरू मध्येबाट उम्मेदवार चयन गरी उम्मेदवारको नामावली पठाउन पार्टी प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

पार्टीद्वारा जारी गरिएको परिपत्रअनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरुको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रुपले पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी नामावली पठाउन बिहीबार प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरिएको उनले बताए । उम्मेदवारमा सिफारिस गरिएका व्यक्तिहरुको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्याएको योगदानसमेत उल्लेख गरी पठाउन भनिएको छ ।

उम्मेदवारहरुको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ । केही दिनअघि जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय भएको थियो । त्यस्तै रेणु यादव, पूर्वमन्त्री प्रदीप यादवलगायत जसपाका बहुमत पदाधिकारीले पनि जसपा नेपालसँग एकीकरण गर्ने सहमति गरेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड तथा लुटपाटका प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्री अर्यालमाथि...

कांग्रेस विशेष महाधिवेशन: प्रतिनिधि नाम दर्ता दोस्रो दिन पनि जारी, आज बन्दसत्र

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन मा प्रतिनिधि नाम दर्ता प्रक्रिया आज पनि जारी छ। आइतबार दर्ता गर्न छुटेका प्रतिनिधिका लागि बिहानैदेखि पुनः दर्ता खोलिएको हो । आयोजकका अनुसार पहिलो दिन मात...

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जि...

झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड

काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । जिल्लाको कमल गाउँपालिका २ स्थित पार्टी...