प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि जेन-जी आक्रोशित
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि बिभिन्न जेनजी युवा समूहहरु आक्रोशित भएका छन् । प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा प्रधानमन्त्री कार्कीलाई ज्ञापत्र पत्र बुझाउन उनीहरु सोमबार प्रधानमन्त्री कार्यालय पुगेका थिए। तर प्रधानमन्त्रीलाई प्रत्यक्ष भेट्न नपाएपछि उनीहरु आक्रोशित भएका हुन् ।
प्रधानमन्त्री कार्यालयको गेटमा बिभिन्न समूहका जेनजी युवाहरुको भीड बढेपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले उनीहरुको मागका बारेमा जानकारी लिएका थिए । खनालले प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको बिषयमा आएको समाचारहरुमा पूर्ण सत्यता नरहेपनि केही सत्यता रहेको बताएका थिए। जेनजीले उठाएका माग जायज रहेकाले त्यसमा छलफल गर्ने आश्वासन दिएका थिए।
जेन(जी युवा समूहहरुले भने प्रधानमन्त्रीले नै आफूहरुको कुरा सुन्नुपर्ने अडान राखेका थिए। आफूलाई भेट्न जेनजी युवाहरु मुख्य गेटमा पुगेपनि प्रधानमन्त्री कार्की भने मन्त्रिपरिषद् बैठक सकेर बाहिरिएकी थिइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
‘आलोचनाले होइन, एकताले चुनाव जितिन्छ’ — ओलीका टिप्पणीमा सुरेन्द्र पाण्डेको संयमित प्रतिवाद
काठमाडौँ । नेकपा एमालेभित्र सार्वजनिक अभिव्यक्तिका कारण देखिएको तिक्तताप्रति नेता सुरेन्द्र पाण्डेले स्पष्ट र सन्तुलित धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू लक्षित गर्दै दिएका टिप्पणीप्रति प्रत्यक्ष विवादमा नउत्रँदै पाण्डेले निर्व...
सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन् । श्रेष्ठ सम्मिलित रामकुमारी झाँक्रीको समूहले आज बबरमहलस्थित होटल बसेरामा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले...



