दुई साताअघि एमाले छोडेका जीतेन्द्र देव कांग्रेसमा प्रवेश
काठमाण्डौँ । दुई साताअघि नेकपा एमाले छाडेका जीतेन्द्र नारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस कार्यालयमा आयोजित एक कार्यक्रम देव कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेसका सप्तरी जिल्ला सभापति रामदेव साह र उपसभापति रामकुमार यादवलगायतले फूलमाला लगाएर स्वागत गरेका छन् ।
यससँगै उनले प्रेस विज्ञप्ति जारी गरेर पनि कांग्रेसमा फर्केको घोषणा गरेका छन्। गगन थापा नेतृत्वको कांग्रेसमा परिवर्तन आएकाले फर्किएको उनले जनाएका छन् । ‘नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरूलाई सम्पूर्ण रुपमा स्वागत, समर्थन तथा आत्मसाथ गर्दै सो विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित श्री गगनकुमार थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान रही आजैको मितिदेखि मसहित मलाई सहयोग गर्ने र समर्थन गर्दै सधैं साथ दिँद्यै आएको सम्पूर्ण साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रुपमा सार्वजनिक घोषणा गर्दछु,’ देवले भनेका छन् ।
उनले थापा नेतृत्वको कांग्रेसले देशलाई बदल्ने विश्वास गरेका छन् । देवले भनेका छन्, ‘मलाई पूर्ण विश्वास छ विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने छ र पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्नेछन् ।’
एक्सप्रेस
सम्बन्धित खबर
समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ। मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो ।
अब ५० लाख थान मतपत्र छाप्...
पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उ...
झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड
काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । जिल्लाको कमल गाउँपालिका २ स्थित पार्टी...
चुनावको मुखैमा सिंगापुर उडे देउवा
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् । उनको स्वास्...
रास्वपाद्वारा संघीय निर्वाचन समिति गठन, संयोजकमा डिपी अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संघीय निर्वाचनलाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक गतिविधि सञ्चालन गर्न समिति बनाइएको हो । केन्द्रीय समितिको निर्णयअन...
एमालेले आज नयाँ नेतृत्व पाउँदै, केही घण्टामै नतिजा
काठमाडौं। नेकपा एमालेले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाउँदै छ । मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशन मतदान सुरु भएसँगै पार्टीको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको हो । बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अहिले अन्तिम चरणमा पुगेको छ...



