बुधबार, २० जेठ २०८३
नेपाली

जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

Main News Image

सर्लाही । जनता समाजवादी पार्टी जसपा नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो ।

आयोगले विशेष अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरी सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीमाथि विकास कोषका योजनाबाट नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको अभियोग छ । आयोगले उनलाई आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।

आयोगले उनिसहित १६ जना विरुद्व मुद्दा दायर गरेको छ । गत २९ जेठमा पनि सिंहलाई अनामनगरबाट पक्राउ गरी बयान लिएर तारेखमा छाडिएको थियो। तर, पछिल्लो अनुसन्धानमा उनले उपभोक्ता समितिहरूको नाममा कोषको रकम जम्मा गरी सो रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै र श्रीमतीको बैंक खातामा सारेको प्रमाण फेला परेको आयोगको दाबी छ ।

उनले आफ्ना निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम हिनामिना गरेको पाइएको छ । आयोगले कायस्थलाई गत १२ असोजमा पक्राउ गरेको थियो। अब आयोगले दुवैजनासँगै सो प्रकरणमा संलग्न अन्य उपभोक्ता समितिका पदाधिकारीहरूमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। महोत्तरी क्षेत्र नम्बर–४ ख बाट निर्वाचित सिंह पूर्व गृह राज्यमन्त्री आन्तरिक मामिला समेत हुन् ।

 

mediabaaji add

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन हुन ९० दिनभन्दा कम बाँकी, यस्तो छ कार्यतालिका

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ८९ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनलाई क...

निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको...

६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प...

प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विध...

निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्...

सचिन ढकालले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिए

काठमाडौँ । व्यसायी चन्द्र ढकालका छोरा सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको उनले व्यक्तिगत कारणले नाम फिर्ता लिएको...