एनपिएलमा जनकपुरको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ । अब जनकपुरले लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्ने बाँकी छ । प्लेअफमा स्थान बनाउन यी दुई टोलीलाई पराजित गर्नुपर्नेछ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ ।
एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले, र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो । यता, जनकपुरसँगको हारले चितवनको प्लेअफ यात्रा चुनौतीपूर्ण बनाएको छ । मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्ने बाँकी छ। प्लेअफको सम्भावना कायम राख्न चितवनले दुवै खेल जित्नै पर्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने
पोखरा । विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस...
मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे
काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।
एम्बाप्...



