चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने
काठमाण्डौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा शुक्रबार जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म तीन दिन भङ्गाहा जनकपुर जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहनेछ ।
उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ । साथै फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ । रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार...
नेप्सेमा ३०.०२ अंकको गिरावट, ४ अर्ब ९० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको से...
काठमाडौं हिँडेका मिटरब्याजपीडित निजगढमै रोकिए, सहमति जुटाउने प्रयास जारी
बारा । मिटरब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु गरेको तेस्रो चरणको पैदल मार्च आज आठौं दिनमा प्रवेश गरेको छ। काठमाडौंका लागि हिँडेका आन्दोलनकारीहरू यात्राको पाँचौँ दिन बाराको निजगढ आइपुगेपछि भने अगाडि बढेका छ...



