दशैंमा उपत्यकाबाट करिब १० लाख यात्रु गाउँ फर्किने अनुमान : दयनीय सडकले यात्रा जोखिमपूर्ण
काठमाडौँ । दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड दिनप्रतिदिन बढ्दो छ। घटस्थापना सकिएसँगै दसैँलगायतका मुख्य चाडपर्व मनाउनका लागि उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।
वर्षमा एकपटक आउने महान् पर्वमा इष्टमित्र र आफन्तसँगको पारिवारिक मिलन हुने भएकाले सर्वसाधारण ट्राफिक जाम र असुरक्षित यात्राको जोखिम मोलेरै भए पनि आ(आफ्नो गाउँघरतर्फ लागिरहेका छन्। कमजोर सडक संरचना र अत्यधिक ट्राफिक जामकै बीच सर्वसाधारण गन्तव्यतर्फ अघि बढिरहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । आज पूर्ण रूपले उपबास ब...
काठमाडौं उपत्यकाबाट दसैंलाई सातामै बाहिरिए ४ लाख ३९ हजार यात्रु
काठमाडौँ । पछिल्लो एक सातामा दसैंका लागि काठमाडौं उपत्यकाबाट ४ लाख ३९ हजार ४ सय ९२ यात्रु बाहिरिएका छन् । विभिन्न राजमार्ग हुँदै ठूलो संख्यामा सवारीसाधन बाहिरिँदा राजमार्गहरूमा ट्राफिक जाम बढेको छ । अहिले पृथ्वी र बीपी राजमार्ग हुँदै बाहिरिने सवार...



