डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई
© प्राज्ञ चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयद्वारा "विद्यालयमा कुलपति’" तथा कविता वाचन कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियोे।
कुलपति राईले प्रत्येक जातजातिका आआफ्नै मातृभाषा छन् ।सबैले आआफ्नै मातृभाषामा कविता लगायतको लेखन कार्य गर्न सक्नुपर्छ।महाकुलुङमा कुलुङ भाषाको बाहुल्य रहेको छ।कुलुङभाषी विद्यार्थी र साहित्य सर्जकले यसै भाषामा साहित्य सिर्जना गर्न प्रेरित गर्नुभएको थियोे। महाकुलुङ गाउँपालिका आफैँमा स्थानीय सरकार भएकाले कुलुङलगायतका भाषाको संरक्षण र सम्बर्द्धन गर्न 'महाकुलुङ प्रज्ञा-प्रतिष्ठान' गठन गर्न सुझाउनु भएको थियोे। उहाँले मातृभाषा बाँचे मात्रै देश सांस्कृतिक रूपमा समृद्ध हुने बताउनु भएको थियोे ।सगरमाथा माविका विद्यार्थीबिच संवाद गर्दै कुलुङभाषा लगायतका विद्यार्थीले आआफ्नो मातृभाषामा कविता लेख्न उत्प्रेरित गर्नुभएको थियोे । सबैले नेता,कर्मचारी ,
शिक्षक ,डाक्टर ,इन्जिनियर र प्रहरी आदिलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको थियोे ।विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि र प्राज्ञिक संरचना बारे प्रकाश पार्दै नेपाली र अङ्ग्रेजीसाथै आआफ्ना मातृभाषामा कविता लेख्न विद्यार्थीलाई सुझाउनु भएको थियोे ।जसले मातृभाषामा कलम चलाउँछ ,उसको कविता लगायतको सिर्जना अब्बल हुने बताउँदै आफूले पढ्ने पुस्तकको लेखक को हो ? विद्यार्थीले चिन्नुपर्ने बताउनुभएको थियोे ।
विशिष्ट अतिथि महाकुलुङ गाउँपालिका बुङ, सोलुखुम्बुका अध्यक्ष सूर्यबहादुर कुलुङले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञिक व्यक्तित्वहरू गाउँगाउँ र स्कुलस्कुलमा आउनु भनेको भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रको विकासमा प्रेरणा मिल्नु हो। यसबारे अध्ययन गरेर महाकुलुङ प्रज्ञा-प्रतिष्ठान स्थापना गर्दै यस क्षेत्रको मातृभाषा र साहित्यको विकासमा लागिपर्ने बताउनुभएको थियोे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान राईले स्वागत मनतव्य राख्नुभएको थियोे।विद्यार्थीबाट 'हाम्रो कुलुङ: मेरो कुलुङ'
बोलको पालिका गानका साथै नृत्य र गीत प्रस्तुत गरिएको थियोे । कार्यक्रममा नेपाली,अङ्ग्रेजी र कुलुङभाषामा कविता वाचन गरिएको थियोे ।जसमा कवि तिलक बाहिङ राईले 'लाली गुँरास' र कवि मनुहाङ किरातीले 'नेपालीको चिनारी' शीर्षकको कविता वाचन गर्नुभएको थियोे।
उक्त विद्यालयकी कक्षा-७ कि छात्रा अमृता कुलुङले कुलपतिको स्वागतार्थ नेपाली भाषामा 'ज्ञानको ज्योति' शीर्षकको कविता वाचन गर्नुभएको थियो।दिया कुलुङ, सुस्तिका कुलुङ र वर्षा राईले अङ्ग्रेजी भाषामा आआफ्नो कविता प्रस्तुत गर्नुभएको थियोे।यसैगरी जेनी कुलुङले (नेपाली र कुलुङभाषा ) र प्रिन्सा कुलुङले कुलुङभाषामा कविता वाचन गर्नुभएको थियोे ।विद्यालयमा कुलपति ,अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
गिरीको गजल ऋण लागेपछि !
बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि
गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि
जन्म घर , माया मोह र बुढी आमा छोडेर
रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि
घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...
विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...
नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रम...
उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना
काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था स...
नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय
काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ । प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रद...



