इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा
काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ। आक्रमणपछि इजरायल सरकारले अराद क्षेत्रमा संकटकाल लागू गरेको छ ।
सञ्चारमाध्यमका विवरणअनुसार घटनामा कम्तीमा ८८ जना घाइते भएका छन् । इजरायली आपत्कालीन सेवाले घाइतेहरूको उपचार भइरहेको जानकारी दिँदै एक पाँच वर्षीया बालिकाको अवस्था गम्भीर रहेको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की
काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधीको आरोप लगाउँदै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा चेतावनी दिएको हो। <...
इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि
काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...
पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु
काठमाण्डौँ । पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । कास्कीको मादी ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार १६ जनवरीमा मृत्यु भएको हो...
यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति
दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...
बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज
काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा ग...



