इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन
तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि किसिमको सहमति सम्भव नहुने स्पष्ट पारेको छ ।
इरानका शीर्ष वार्ताकारहरूले वासिङ्टनप्रति आफ्नो पुरानो अविश्वास कायमै रहेको बताएका छन्। इरानका वरिष्ठ नेता मोहम्मद बाघेर गालिबफले आइतबार राज्य टेलिभिजनमार्फत भिडियो सन्देश जारी गर्दै अमेरिकालाई सहजै विश्वास गर्न नसकिने र इरानी जनताको अधिकारको रक्षा भएको निश्चित नभएसम्म कुनै पनि सम्झौतालाई स्वीकृति नदिइने दृढता व्यक्त गरे ।
ट्रम्प प्रशासनले इरानलाई परिमार्जित ‘कडा’ प्रस्ताव पठाएको भन्ने न्युयोर्क टाइम्स र एक्सियोसको रिपोर्ट सार्वजनिक भएलगत्तै उनको यो प्रतिक्रिया बाहिर आएको हो, यद्यपि उक्त प्रस्तावको विस्तृत विवरण भने अझै गोप्य नै छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा
टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएक...
हङकङमा रनवेबाट चिप्लिएर विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । एमिरेट्स फ्लाइट ईके ९७८८ विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृतक दुबै विमानभित्रको नभएर विमानस्...
इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु
काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...
जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत
काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको...
राष्ट्र संघ मुख्यालयमा ड्रोन आक्रमण : ६ शान्ति सैनिकको मृत्यु
काठमाडौँ । सुडानी अधिकारीहरूका अनुसार शनिबार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ जना संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ...



