कानूनका भाषा र ढाँचाहरूमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता ल्याउन जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्न निर्देश गरेको बताए ।
उनले भने, ‘मेरो तर्फबाट पनि कमी कमजोरीहरु धेरै देखिएका छन् । आफैंले पनि मूल्यांकन गर्दैछु। कानून निर्माणको सन्दर्भमा उठेका विषयमा, त्यसको ढाँचा, शब्दको विषयमा एकरुपता ल्याउनुपर्ने कुरामा मन्त्रालयमा आउने वित्तिकै पहिलो निर्णय नै यसको लागि तालिमहरु दिन सुरु गर्नु भन्ने थियो। हाम्रो कानूनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता हुनुपर्छ भन्ने हो । यसको लागि भएको जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्नु भनेर एउटा समिति नै बनाएर त्यसको लागि अध्ययन सुरु गरेका थियौं ।’
यस्तै, उनले कानून निर्माणको सन्दर्भमा त्रुटि र ढिलाई हुन सक्ने भन्दै अब कानून बनाउनको लागि समय तोक्ने र ढिला नगर्ने आश्वासन पनि दिएका छन् । उनले भने, ‘कानून मन्त्रालयले सुधार गर्नुपर्ने कुरामा कुनै विवाद छैन् । सुधारको क्रम सँधैैँ चल्ने कुरा नै हो । कानून निर्माणको सन्दर्भमा कतै कतै त्रुटि र ढिलाई हुन सक्छ । अब कानून बनाउनको लागि यति समय भनेर समय तोक्ने योजना पनि गरेका छौ । अब ढिला नगर्ने आश्वासन पनि दिन चाहन्छु ।’
अनुगमनको काममा भने मन्त्रालय कमजोर नै हो कि भन्ने लागेको भन्दै यसको लागि क्षमायाचना गर्दै सुधार ल्याउने कुरामा ध्यान दिने पनि उनको भनाई छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन् ।
&nb...
मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त
काठमाडौँ । मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले ५ जनालाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।
एमालेका ३ चर्चित नेता : केन्द्रीय सदस्यमा पनि पराजित
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेकपा एमालेको ११औँ महाधिवेशनमा ३ चर्चित नेताहरू पदाधिकारीसँगै केन्द्रीय सदस्यमा पराजित भएका छन् । महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे पराजित भए । उनी केन्द्रीय सदस्यमा पनि निर्वाचित हुन सकेनन् ।...



