प्रधान सेनापतिद्वारा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन
काठमाण्डौँ । महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गरेका छन् । सम्बोधनको क्रममा प्रधान सेनापतिले हाम्रो देश नेपालको गौरवका गाथा, परम्परा र संस्कृतिहरू चिन्न, गौरव गर्न र इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन निर्देशन दिए ।
साथै, नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आई रहेको जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पुरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए । यसअघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरूमा कर्तव्यपालनको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा श्रद्धा सुमन अर्पण गरेका थिए । त्यसैगरी छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगतिप्राप्त सैनिकका परिवारजनहरूलाई सम्मान समेत गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
देशका सबै विमानस्थलमा २४ घण्टाभित्रै स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्च...
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी...
भारी वर्षाको जोखिम : २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको...
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्य...
घट्यो काठमाडौँको न्यूनतम तापक्रम
काठमाण्डौँ । सुरुवाती मापनमा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ
हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम त...
तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा म...



