आइतबार, १५ कात्तिक २०८३
नेपाली

महानिरीक्षक सचिवालयले भन्यो_भ्रम फैलाउनेलाई कारबाही गर्छौं

Main News Image

काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीमाथि ‘राजीनामाको दबाब बढेको’ भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। आईजीपी कार्कीको सचिवालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

यस्ता सामग्रीले नागरिकमा नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम बढाउन र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष्ठामा असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा सुरक्षा ‘संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ’ भन्ने सोचका साथ सीमित व्यक्तिले यस्ता गतिविधि गरिरहेको समेत दाबी गरिएको छ।


mediabaaji add

सम्बन्धित खबर

पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए । 

शिवरात्रीमा उनले पशुपतिम...

गौरमा पुनः निषेधाज्ञा जारी

रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८...