देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ । बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढे पनि परम्परागत शैली कम देखिन थालेको छ । ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढेको छ ।
कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो । गीतमार्फत गाउँघरका सुखदुःख र सामाजिक सन्देश प्रस्तुत गरिन्थ्यो । अहिले यस्ता मौलिक भाका र नाच हराउँदै गएका छन् ।
स्थानीय प्रेम श्रेष्ठले पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताको मौलिक कला तथा संस्कृतिप्रतिको घट्दो चासोले देउसीभैलोको पहिचान कमजोर बन्दै गएको बताए । त्यस्तै, रबीप्रसाद शर्माले आधुनिक प्रविधि र देखासिकीका कारण परम्परागत शैली हराउँदै गएको उल्लेख गर्दै यसको मौलिक स्वरूप जोगाउनुपर्ने बताए ।
यद्यपि, केही समूहले पुराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन-कीर्तन उत्सवको तयारी तीव्र
काठमाडौँ । महाशिवरात्रीको अवसरमा भोलि आइतबार चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुँदैछ । भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ ।
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । आज पूर्ण रूपले उपबास ब...
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अदालतले दिएन म्याद, भए रिहा
काठमाण्डौँ । दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका छन् । सोमबार उनलाई अदालतमा उपस्थित गराउँदा हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिइएको हो। उक्त आदेशपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डि...
रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा नआत्तिन आग्रह
काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न फोन तथा सूचना प्राप्त भइरहेका बेला नेपाल बाढी सूचनाले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ । नेपाल बाढी सूचनाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव के...


