मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली

Main News Image

काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् । बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।

पदबहाली कार्यक्रम सामान्य र संक्षिप्त रूपमा सम्पन्न भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सीमित कर्मचारीको उपस्थितिमा कुनै विशेष तामझामबिनै नियमित प्रशासनिक प्रक्रियाअनुसार पदबहाली गरिएको कार्यालय स्रोतले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

संसदमा प्रधानमन्त्री नआएपछि विपक्षीको हंगामा, हर्क साम्पाङद्वारा राजीनामा माग्दै बैठक बहिष्कार

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर तीव्र विरोध प्रदर्शन गरेका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भइरहेको महत्वपूर्ण छलफलमा प्रधानमन्त्री स्वयं उपस्थ...

द्रूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएका छन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई...

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

काठमाडौँ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग...