बुधबार, ११ कात्तिक २०८३
नेपाली

भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

Main News Image

काठमाडौँ । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । बिहीबार वैशाख १० दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु १ ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उक्त जीप प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै थियो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानुमान : आज पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको प्रभावका कारण आज देशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथ...

बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।

सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा...

भोटेकोशी बाढी : १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रा...

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा...

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौँ । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आइतबार ९साउन ३० बिहान ७:१० बजे दुई बस र एउटा ट्रक आपसमा ठोक्कि...