सुनसरीको देवानगञ्ज र हरिनगरमा अनिश्चितकालीन कर्फ्यु
इनरुवा । साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच भीषण झडप, तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
स्थिति नियन्त्रणबाहिर जान नदिन प्रमुख जिल्ला अधिकारीद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम सोमबार बिहान ७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कडा कर्फ्यु लागू गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षक आन्दोलन एकाएक किन भयो स्थगित ?
काठमाडौँ । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ? पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त...
ललितपुरका सडक फूलले सजाइने
ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।
ललितपुर महानगरप...
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
काठमाडौँ । यही मंसिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै
जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ। भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध म...
एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका...
सुनसरीमा ट्रक पल्टिदा ५ जनाको मृत्यु, ३ जना घाइते
काठमाडौँ । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरी...



