नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन : देशको पहिलो आधुनिक सडक सुरुङ सञ्चालनमा
काठमाडौँ । नेपालको पहिलो आधुनिक तथा व्यावसायिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ । आयोजना स्थलमा आयोजित विशेष समारोहका बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतसहित जापानी अन्तर्राष्ट्रिय सहकार्य नियोग जाइकाका प्रतिनिधिहरूले संयुक्त रूपमा सुरुङमार्गको औपचारिक शुभारम्भ गरेका हुन्।
लामो समयदेखि व्यग्र प्रतीक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका अन्य विभिन्न जिल्लाहरूबीचको सडक आवागमन थप सहज, सुरक्षित, व्यवस्थित र द्रुत हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा उच्च सरकारी अधिकारीहरू, निर्माण कम्पनीका प्रतिनिधिहरू, जापानी कूटनीतिक नियोगका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले व...
गाँजाको औषधीय र औद्योगिक उपयोगका लागि तीन महिनाभित्र कानुन बनाउन सर्वोच्चको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता सरोज अधिकारी तथा नेपाल फर्म व्यवसाय...



