सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउने बालेनको प्रयास सफल हुन नदिने बताएका छन् । आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न आग्रह गरे ।
प्रसाईले भने, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरूले सिकाएका हुन् । तपाईंहरूकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो रु उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘
मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईंले सुकुम्बासीहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे । उनले भने, ‘अब छाड्ने होइन, मंसिर ७ को तयारीमा लाग्नुस् ।’ प्रसाईले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड खाएको आरोप समेत लगाएका छन् ।
दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिए । सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
महावीर पुनलाई कुलमान नेतृत्व पार्टीको समर्थन
काठमाडौँ । वैज्ञानिक महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिए पनि उनलाई राजनीतिक पार्टीको समर्थन पाएको छ । उनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।
उज्यालो नेपाल पार्टीका मह...
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...
सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...
नेशनल लाईफ इन्स्यारेन्सको ३९ औं वार्षिक उत्सव सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।
सो समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित...



