पुरानै लयमा एमाले, वरिष्ठ उपाध्यक्ष नरहने
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँत्याएको छ। पार्टीको ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार भृकुटीमण्डपमा बसेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पुरानै विधान ब्युँताएको हो ।
विधान महाधिवेशन भएको तीन महिना नबित्दै एमालेले पुरानै विधान व्यवस्थामा फर्किएको हो। विधान महाधिवेशनले चाहीँ पदाधिकारीको आकार घटाएको थियो। अब पदाधिकारी १९ जनाकै हुनेछ । यस्तै, केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ ।
यस्तो छ सूची
अध्यक्ष १
उपाध्यक्ष ५
महासचिव १
उपमहासचिव ३
सचिव ९
स्थायी कमिटी पोलिटब्युरोको एक तिहाई
पोलिटब्युरो ९९
केन्द्रीय कमिटी ३०१
पदाधिकारीसहित
एक्सप्रेस
सम्बन्धित खबर
गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने
गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने
काठमाडौँ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गर...
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ः०० बजे बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्...
मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्याइने
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्...



