भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब(इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालयको भवन निर्माण अन्तिम बिल भुक्तानी प्रक्रियामा बाधा पुर्याउँदै सेवाग्राहीसँग ८५,००० रुपैयाँ घुसररिसवत लिएका थिए ।
आयोगको टोलीले सुमन राईलाई ललितपुरबाट र कार्की तथा श्रेष्ठलाई इटहरी, धनकुटा र भोजपुरबाट आवश्यक कागजात र मोबाइलसहित नियन्त्रणमा लिएको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
अण्डाको मूल्य बढ्यो, किसानले अझै पाएनन् लागत मूल्य
काठमाण्डौँ । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्छ ।
संघका अनुसार आजबाट लागू हुनेगरी ठ...
अमेरिकी डलरको मूल्य बढ्यो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुप...
युरो र पाउन्डको मूल्य घट्यो, अस्ट्रेलियन डलर र बहराइन दिनार महँगिए
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा महँगिएका छन्। तर युरो, पाउन्डसहितका मुद्राको मूल्य...



