म्याग्दीमा महावीर पुन भारी मतान्तरले विजयी
म्याग्दी । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेद्वार पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन् ।
स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ सय ५० मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत प्राप्त गरे। त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । एउटा मात्र निर्वाचन छेत्र रहेको म्याग्दीमा ८६ हजार३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
आज ४ जना नयाँ मन्त्री थपिँदै, को-को हुँदैछन् नियुक्त ?
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज ४ जना नयाँ मन्त्री थप्ने तयारी गरिएको स्रोतले जनाएको छ । आज गरिने मन्त्रीपरिषद् विस्तार कार्की प्रधानमन्त्री भएपछि चौथोपटक हुनेछ । स्रोतक...
मैले गरेको काम नेपालका लागि सफल मोडेल : कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि सफल मोडेल बनेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ रामेछाप मञ्च गठन कार्यक्रममा अध्यक्ष घिसिङले मुलुकलाई आर्...
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
काठमाडौँ । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प...
जेष्ठ सदस्य केसीले नवनिर्वाचित सांसदलाई शपथ खुवाउने
काठमाडौँ । नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अन्य सांसदहरूलाई शपथ खुवाउने भएका छन् । ७८ वर्षीय केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १२ गते दिउँसो शपथ ग्रहण गरेपछि अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
२ भदौ, काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा र...
आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्न संसद्मा माग
काठमाडौँ । सुरक्षित मातृत्व र प्रसूति सेवालाई पूर्ण रूपमा निःशुल्क र प्रभावकारी बनाउन सांसदहरूले सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कि सांसद डा। तोसिमा कार्कीले...



