काठमाडौँमा ४८ मध्ये विद्या पक्षका ३५ जना प्रतिनिधि छनोट, ३ अध्यक्ष बने अभिभावक
काठमाडौँ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि छानिएका छन् । काठमाडौँबाट निर्वाचित ४८ मध्ये मणिकुमार फुयाँल, सानुकुमार श्रेष्ठ, विष्णुकुमारी भुसाल, डा विजय चालिसे, विश्वराम श्रेष्ठ, उद्धव खरेललगायत ३५ जना विद्या भण्डारी पक्षधरका निर्वाचित भएको सो समूहले दाबी गरेको छ ।
नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट गणेश दुलाल, विष्णुकुमारी भुसाल, रामप्रसाद ओमागाई र सफल श्रेष्ठ छन् । त्यस्तै २ नम्बर मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, नवराज दाहाल, शोभा कार्की र शान्ता थापा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ बाट कल्पना राजचल, इसादेवी गुरुङ, श्यामकृष्ण कर्माचार्य, विश्वराज श्रेष्ठ र डा।विदुर चालिसे निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ४ मा उद्धव खरेल, श्रीकृष्ण श्रेष्ठ, प्रकाश कटुवाल, सुनिता गुरुङ र सरस्वती कार्की छन् । पाँच नम्बर क्षेत्रबाट ध्रुवराज पाण्डे, रत्ना गुरुङ, रामकृष्ण श्रेष्ठ,अम्बर डङ्गोल छन् । क्षेत्र नम्बर ६ बाट विश्वनाथ लामिछाने, कृष्णप्रसाद अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी र श्यामकृष्ण महर्जन छन् । यो क्षेत्रबाट सबै निर्विरोध प्रतिनिधि छानिएका हुन् । ७ नम्बरबाट प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश धिमाल छन् । यो क्षेत्रबाट पूर्णिमा र सपना निर्विरोध छनोट भएका हुन् ।
त्यस्तै ८ नम्बर क्षेत्रबाट राजेश शाक्य, शङ्कर केसी, सुशीला अधिकारी, बब्लु शिवाकोटी छन् । ९ बाट केशव प्रसाद पोखरेल, उत्तम बहादुर राउत, पूर्णकुमार तण्डुकार, रञ्जु खड्का र सानुमैया खड्का छनोट भएका छन् ।
क्षेत्र नम्बर १० बाट प्रेमबहादुर शाही, महेश तामाङ, सन्तोष खड्का, लक्ष्मी लुइँटेल काफ्ले र वसन्ती श्रेष्ठ छनोट भएका छन् । यो क्षेत्रबाट पनि सबै निर्विरोध भएका छन् । दलिततर्फ भक्त दर्नाल छनोट भएका छन् ।
यसैबिच काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँका तीन अध्यक्षहरू भने प्रतिनिधि छनोट भएनन् । आफूहरूले अभिभावकीय भूमिका खेल्दै अरूलाई अवसर दिएर प्रतिनिधि छनोट गरेको उनीहरूको भनाइ छ ।
१४ हजार ७ सय हाराहारी सङ्गठित सदस्य रहेको काठमाडौँबाट ४८ जना प्रतिनिधि छनोट हुँदा ७ हजार ५७ सङ्गठित सदस्य रहेको भक्तपुरबाट १४ जना प्रतिनिधि छनोट भएका छन् ।
७ हजार सङ्गठित सदस्य रहेको ललितपुरमा पनि १४ जना नै प्रतिनिधि छनोट भएका छन् ।
काठमाडौँका अध्यक्ष दीपक निरौला, ललितपुरका पुरुषोत्तम आचार्य र भक्तपुरका बचन देउजाले ११ औँ महाधिवेशनमा प्रतिनिधि नहुने निर्णय गरेका हुन् । निरौलाले आफूहरू अभिभावकीय रूपमा रहने सोच बनाएर यो पटक प्रतिनिधि नबनेको बताए ।
उता,काठमाडौँमा ३५ जना विद्या पक्षका प्रतिनिधि चयन भएको दाबी गरिरहेका बेला एमाले किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष भेषराज अधिकारी प्रतिनिधि बन्नबाट रोकिएका छन् । किसान महासङ्घमा अध्यक्षले एकलौटी प्रतिनिधि घोषणा गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।
अधिकारी पूर्वराष्ट्रपति विद्या भण्डारीका स्वकीय सचिव समेत रहेका थिए । यता बुद्धिजीवीमा भने विद्या पक्षका गजेन्द्र थपलियालाई किसान महासङ्घमा जस्तै घोषणा गर्न रोकिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
देश विकास पार्टीको नेतृत्व गर्दै बालेन, लौरो चिन्हबाटै झापामा केपी ओलीसँग चुनाब लड्ने
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी बनाउने भएका छन् । उनले देश विकास पार्टीको पुनर्गठन गरेर पार्टीको नेतृत्व गर्ने र चुनाबमा जाने तयारी गरेका हुन् । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर चुनाबमा जाने विषयमा रास्वपा...
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासको नेतृत्व लिन तयार रहेको बताएका छन् । पौडेलले भने, ‘नेपाली कांग्रेससँग नागरिकका गुनासा छन् । अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको...
नयाँ अध्यादेशसँगै हितेन्द्रदेव शाक्यसहित १० पदाधिकारी पदमुक्त
काठमाडौँ । सरकारले हालै जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत १० जना उच्च पदाधिकारीहरू आजबाट स्वतः पदमुक्त भएका छन् ।
मन्त्र...
गंगा दाहालले राजीनामा दिँदै भनिन् : प्रचण्ड, पार्टी र आन्दोलनको हित होस्
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत गंगा दाहालले राजीनामा दिएकी छन् । प्रचण्डकी छोरीसमेत रहेकी गंगाले सोमबार बिहान सामाजिक सञ्जालमार्...
आयोगले उम्मेदवारहरूलाई भन्यो : निर्वाचन खर्च सार्वजनिक गर्नू
काठमाण्डौँ । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश जिल्ला न...
जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता
सर्लाही । जनता समाजवादी पार्टी जसपा नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको...



