बुधबार, ११ कात्तिक २०८३
नेपाली

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

Main News Image

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए। अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ। विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो। दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ। यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

 

mediabaaji add

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैय...

मल किन्न भारत गएर जेल परेका दुई नेपाली किसान ३८ दिनपछि धरौटीमा रिहा

काठमाडौँ । खेतका लागि रासायनिक मल किन्न भारत गएका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन् । सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएक...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ४९०...

चीनले डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ कार्ययोजना सुरु गर्ने

काठमाडौँ । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना पिबिओसीका डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्र...

आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी...