आइतबार, १७ जेठ २०८३
नेपाली

अमेरिका-इरान युद्धविरामको प्रभाव : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

Main News Image

न्यूयोर्क । अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । विगत पाँच हप्तादेखि जारी युद्धका कारण आकासिएको तेलको मूल्यमा बुधबार करिब १५ प्रतिशतसम्मको गिरावट देखिएको हो । युद्धविरामको घोषणा लगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १५ प्रतिशतको भारी गिरावट आएको छ । ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा उच्च गिरावट आएपछि महँगी घट्ने आशामा लगानीकर्ता उत्साहित देखिएको अलजजिराले लेखेको छ ।

अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यद्यपि, कच्चा तेलको मूल्य घटेका कारण अमेरिकी ऊर्जा कम्पनीको सेयर भने करिब ३ प्रतिशतले ओरालो लागेको छ ।

mediabaaji add

सम्बन्धित खबर

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बि...

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।

जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ?

©  रविन्द्र लामिछाने (नविन)

जीवन बिमा भनेको के हो? यो किन आवश्यक छ? 
जीवन बिमा (Life Insurance) भनेको मानव जीवनसँग सम्बन्ध...

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ...

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि...

शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६...