बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
काठमाडौँ । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
‘मैले अध्ययन गरिरहेका मौसम पूर्वानुमानले आगामी अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने संकेत गरेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसको अर्थ एकै दिनमा त्यति धेरै वर्षा हुन्छ भन्ने होइन । वास्तविक वर्षाको मात्रा, समय र प्रभावित क्षेत्र अझै परिवर्तन हुन सक्छन् ।’
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा...
आज यी स्थानमा ठुलो वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रमा थप वर्षा हुन...
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली आकाशमा बादल रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ...
मंगलबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भू भागमा आंशिक बादल लागेको छ ।
गण्डकी प्रदेशका...
मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित
काठमाडौँ । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।
कैलालीको कैलारी ग...
मनसुन थप प्रदेशमा विस्तार हुँदै
काठमाडौँ । नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने...



