शनिबार, १४ कात्तिक २०८३
नेपाली

रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

Main News Image

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अभियानबाट उक्त मूल्यका सामान नियन्त्रणमा लिइएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार उक्त अवधिमा भन्सार कार्यालयले १५, जिल्ला प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच अभियान सञ्चालन गरेका थिए।

बरामद गरिएका सामग्रीमा चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका वस्तु रहेका छन्। भन्सार कार्यालयका अनुसार बरामद गरिएका सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य उपभोग्य वस्तु रहेका छन्।


mediabaaji add

सम्बन्धित खबर

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। पूर्वशिक्षकसमेत रहेका उनले दसैं र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन् ।गत असारमा शिक्षण पेसाबाट अवकाश ल...

बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...