शनिबार, ३० जेठ २०८३
नेपाली

आईजीपी नारायणदत्त पौडेलले २२ महिना सम्हाल्नेछन् सशस्त्र प्रहरीको कमाण्ड

Main News Image

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक एआईजी पौडेललाई आईजीपी सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी पौडेलले २२ महिना सम्हाल्नेछन् सशस्त्र प्रहरीको कमाण्ड । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत २०८४ मा अवकाशमा जानेछन् । हालका आईजीपी राजु अर्याल वैशाख १८ देखि आईजीपीको ४ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।


mediabaaji add

सम्बन्धित खबर

सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार स...

पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ

काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी

काठमाडौँ । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र...

तराईमा नक्कली नोट कारोबारी गिरोह सक्रिय

काठमाडौँ । निर्वाचनको माहोल तातेसँगै तराई क्षेत्रमा नक्कली नेपाली नोट कारोबार गर्ने गिरोह सक्रिय बनेको संकेत देखिएको छ । रौतहट जिल्ला र सर्लाही जिल्ला को सीमाक्षेत्र हुँदै ठूलो परिमाणमा नक्कली मुद्रा बजारमा आउन थालेपछि सुरक्षा निकायले उच्च सतर्कता...

अवैध लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एकएक जनालाई पक्राउ गरेको ह...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सशस्त...